Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कैलालीमा अक्सिजनको चरम अभाव, दुई दिनमा १२ जना संक्रमितको मृत्यु


    मंगलबार, बैशाख २८ २०७८
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी। कैलालीको टीकापुर अस्पतालमा अक्सिजनको चरम आभाव भएको छ।

    अक्सिजनको आभावसँगै दुई दिनमा १२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। 

    बिरामीको चापअनुसार अक्सिजन उपलब्ध नहुँदा संक्रमितले ज्यान गुमाउनुपरेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

    टीकापुर अस्पतालमा दिनमा १० जनाजति गम्भीर अवस्थाका संक्रमित आउने गरेका छन् । सबैजसो बिरामीलाई अक्सिजनको आवश्यकता परेको छ ।अस्पतालमा संक्रमितको उपचारका लागि १५ शय्या भए पनि करिब ४५ जना उपचाररत रहेको अस्पताल प्रशासनले जनाएको छ । 

    यसैबीच, अक्सिजन अभावमा बिरामीको मृत्यु बढेपछि टीकापुरमा अक्सिजन अभियान सञ्चालन गरिएको छ । टीकापुर सरोकार समूह, उद्योग वाणिज्य संघ, टीकापुर अस्पतालको संयुक्त प्रयासमा अभियान सुरु गरिएको हो ।

    अस्पतालमा अक्सिजन सिलिन्डर व्यवस्था गर्ने अभियानअन्तर्गत करिब १० लाख रुपैयाँ संकलन भइसकेको टीकापुर सरोकार समूहले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार