Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बङ्गलादेशमा थप एक हजार ५१५ जनामा संक्रमण पुष्टि, ३८ जनाको मृत्यु


    मंगलबार, बैशाख २८ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। बङ्गलादेशमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक हजार ५१४ पुगेको त्यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले बताएको छ । यो अवधिमा कोभिड–१९ सङ्क्रमित ३८ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

    पछिल्लो तथ्याङ्कसँगै एशियाली यस मुलुकमा कोभिड–१९ सङ्क्रमित सङ्ख्या सात लाख ७५ हजार पुगेको छ भने सङ्क्रमित मृतकको सङ्ख्या ११ हजार ९७२ पुगेको छ । 

    बङ्गलादेशमा विगत २४ घण्टामा १६ हजार ८४८ व्यक्तिको कोभिड–१९ सङ्क्रमण परीक्षण भएको थियो । सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमण भई निको हुनेको सङ्ख्या सात लाख १२ हजार २७७ पुगेको छ । सोमबार मात्रै दुई हजार ११५ व्यक्ति सङ्क्रमणमुक्त भएका थिए ।
       
    महानिर्देशनालयका अनुसार कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १.५४ रहेको छ भने निको हुने दर ९१.९ रहेको छ । बङ्गलादेशमा यो वर्षको  अप्रिल ७ मा सबैभन्दा बढी सात हजार ६२६ व्यक्ति सङ्क्रमित रहेका थिए भने अप्रिल १९ मा सबैभन्दा बढी ११२ जनाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार