Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • भारतको गंगा नदीमा ४० वटा शव फेला, कोरोना संक्रमितहरु भएको आशंका


    मंगलबार, बैशाख २८ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । भारतको बिहारस्थित गंगा नदीमा ४० वटा शव तैरिरहेको अवस्थामा फेला परेको छ। 

    बिहारको चौसा प्रखडंस्थित चौसा शमशान गंगा नदीमा तैरिरहेको शवलाई जनावरहरुले लुछिरहेको दृश्य सार्वजनिक भएपछि उक्त क्षेत्रमा सनसनी समेत मच्चिएको छ ।

    स्थानीय प्रशासनले शवका बारेमा आफुहरु बेखबर रहेको जनाउँदै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

    शवको प्रकृती हेर्दा आधा जलेको अवस्थामा रहेको भन्दै उनीहरुले तैरिरहेको शव ब्यबस्थापन गर्न माग गर्दै गंगा नदीको पवित्रतामा पनि चिन्ता ब्यक्त गरेको छ ।

    यद्दपी सो क्षेत्रका स्थानीय बासिन्दा भने कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव गंगा नदीमा फालेको भन्दै बिरोध जनाएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार