काठमाडौं । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ ।
प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए ।
यसरी प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त हुनेवित्तिकै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवल संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति समक्ष नयाँ प्रधानमन्त्री नियुक्ति गर्ने प्रक्रिया प्रारम्भ गर्न आब्हान गरेका छन् ।
उनीहरुले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका हुन् ।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अहिले नै आफूहरुको पक्षमा १२६ सांसद रहेको र गठबन्धनको सम्भावना कायमै रहेको बताए ।
हेर्नुहोस् विज्ञप्ति
