काठमाडाैं । नेपालमा पहिलो पटक एकै दिन झण्डै डेढ सय कोरोना संक्रमितको मृत्यु भएको छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३९ संक्रमितको मृत्यु भएको हो। यस दिन ९ हजार २ सय ७१ संक्रमित थपिएका हुन्।
यसै अवधिमा थप ४ हजार ७ जना भने कोरोनाबाट निको भएका छन्।