काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी छन् ।
यसबारेमा संसद सचिवालयको आधिकारिक पत्र पाएपछि राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी हुन् ।
‘संसद सचिवालयले आजको मत परिणामसहितको जानकारी पत्र राष्ट्रपति कार्यालयमा पठाउँछ, त्यसपछि नयाँ सरकार गठन प्रक्रिया सुरु हुन्छ’ राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले भने ।
सोमबार प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए ।
संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित नै भएनन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् ।
जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसेका छन् ।