Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माधव नेपाल समूहले राजिनामा नदिने, संसदमा पनि अनुपस्थित हुने


    सोमबार, बैशाख २७ २०७८
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले राजिनामा नदिने भएका छन्।

    आज सिंहदरबारमा बसेको माधव समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले जानकारी दिए ।

    राजीनामा दिने कि अनुपस्थित हुने भन्नेबारे नेपाल पक्षका सांसदहरूआज सिंहदरबारमा छलफलमा जुटेका थिए।

    प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर तुल्याउनु भएकाे बताउँदै पार्टी एकताका पक्षमा आफूहरूले हदैसम्मको लचकता अपनाएपनि पार्टी अध्यक्षले बेवास्ता गरेको भन्दै रावलले संविधानविपरीत उभिने प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार