Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अन्तत: ओलीले अपनाए छलफलकाे बाटाे,भने हतारमा कुनै अनुचित निर्णय नलिनु, मिलेर अघिबढ्न सकिन्छ


    सोमबार, बैशाख २७ २०७८
    930
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल समूहलाई हतारोमा कुनै पनि अनुचित निर्णय नगर्न आग्रह गर्दै छलफलको लागि आह्वान गरेका छन्।

    सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नेपाल पक्षलाई सम्बोधन गर्दै आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने बताएका हुन् ।

    उनले आज दिउँसो १ बजे प्रतिनिधिसभाको विशेष अधिबेशन र बैठक बस्दै गर्दा सबैलाई आफ्नो पक्षमा मत हाल्न आग्रह समेत गरेका छन्।

    ओलीले भनेका छन्, ‘हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरुको ध्यानाकर्षण गराउन चाहन्छु । आउनुस् केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।’

    ‘नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ। त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ’, उनले भने, ‘यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार