Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काेराेना अपडेट: बुटवलमा थप पाँचजना संक्रमितको मृत्यु


    सोमबार, बैशाख २७ २०७८
    525
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  बुटवल । बुटवलमा उपचाररत थप पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार वैशाख २३ गते लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएका तिलोत्तमा-२ का ५६ वर्षीय पुरुषको आइतबार राति ९: ५० बजे मृत्यु भएको हो ।

    यस्तै कोरोना विशेष अस्पतालमा बैशाख १७ गते भर्ना भएका कपिलवस्तु बनगाईका ४३ वर्षीय पुरुषको आइतबार राति ८:३० बजे र सोही अस्पतालमा वैशाख १८ गते भर्ना भएका दाङ तुल्सीपुर–५ की ३७ वर्षिया महिलाको आइतबार राति १०:०७ बजे मृत्यु भएको हो ।

    यस्तै वैशाख २४ गते भर्ना भएका बुटवल–७ का ४५ वर्षीय पुरुषको सोमबार बिहान ७:५२ मा र १८ गते भर्ना भएका तिलोत्तमा-१ का ६४ वर्षीय पुरुषको बिहान ८.४२ बजे मृत्यु भएको हो ।

    स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांक अनुसार योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या २७१ पुगेको छ ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार