Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • झलनाथ खनाल कोरोना संक्रमणमुक्त, आजैबाट सक्रिय हुँदै काममा फर्कने अठोट


    सोमबार, बैशाख २७ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल कोभिड-१९ बाट संक्रमणमुक्त भएका छन्। 

    संक्रमण देखिएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री समेत रहेका खनालको हिजो रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ।

    नेता खनाललाई बैशाख १८ गते संक्रमण देखिएपछि नर्भिकमा भर्ना गरिएको थियो।

    ‘करिब एक हप्ता अघि कोभिड-१९ को लक्षण देखा परे पश्चात म नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीमा भर्ना भएको थिए । डाक्टरहरुको निरन्तरको रेखदेख र उपयुक्त उपचारको कारण आज गरिएको कोभिड-१९ को रिपोर्ट नेगेटिभ आएको छ । अहिले मेरो स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको र केहि समयको आराम पछि म अस्पतालबाट डिस्चार्ज भई सक्रिय रुपमा कामकाजमा फर्कनेछु ।’ उनले फेसबुकमा लेखेका छन्। 
     
    यस्तै खनालले थपे, ‘यस क्रममा मेरो उपचारमा खटिनु भएका सम्पूर्ण स्वास्थ्यकर्मीहरु प्रति हार्दिक आभार ब्यक्त गर्दछु । साथै मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पूर्ण आदरणीय नेता गणहरु, कार्यकर्ताहरु, आफन्तहरु, पत्रकार मित्रहरु, समर्थक तथा सुबेच्छुकहरु प्रति हार्दिक आभार ब्यक्त गदै धन्यबाद दिन चाहन्छु ।’
     
     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार