Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेती अस्पतालमा उपचाररत ७ जना कोरोना सङ्क्रमितको मृत्यु


    आइतबार, बैशाख २६ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली। जिल्लाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ४ र कञ्चनपुरका ३ जना सङ्क्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए  ।

    श्रेष्ठका अनुसार शनिबार कैलालीको लम्कीचुहा नगरपालिका–९ का ४२ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका–४ की ३५ वर्षीया महिला, धनगढी–१८ का ५० वर्षीय पुरुष र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की ६० वर्षीया महिलाको मुत्यु भएको हो ।

    यस्तै, आइतबार नै कैलालीको गोदावरी नगरपालिका–२ का ५८ वर्षीय पुरुष, कञ्चनपुरको पुर्नवास नगरपालिका–११ का ७४ वर्षीय पुरुष र पुर्नवासकै वडा नम्बर ६ की ४२ वर्षीया महिलाको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार