Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • ओलीको विज्ञप्ति: सामूहिक राजीनामा जस्ताे हानिकारक अपराधमा सहभागी नहुनू


    आइतबार, बैशाख २६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामूहिक राजीनामा दिनू अपराध भएकाे टिप्पणी गर्दै त्यस्ताे हानिकारक अपराधमा सहभागी नहुनू सांसदहरूलाई आग्रह गरेका छन् ।

    आइतबार विज्ञप्ति जारी गर्दै उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता प्रयासहरू हानिकारक भएको भन्दै त्यस्तो कार्य नगर्न आग्रह गरेका हुन् ।

    यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी नगर्ने बताउँदै उनले त्यस्तो कार्य नगर्न आग्रह गरेका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । तर त्यसअघि नै नेकपा एमालेको माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिने तयारी गरेको छ । सोही समूहलाई लक्षित गरी ओलीले विज्ञप्ति जारी गरेका हुन् ।

    पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगर्ने बताउदै उनले सबैलाई आश्वस्त पार्न चाहेकाे बताएका छन् । 

    हेर्नुहोस् विज्ञप्ति

    kp-oli.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार