Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निषेधाज्ञामा पनि घटेन काेराेना संक्रमितको संख्या, २४ घण्टामा थप ८ हजार ८५० जना संक्रमित, ५२ जनाको मृत्यु


    आइतबार, बैशाख २६ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रम अझै राेकिएकाे छैन ।

    कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले लकडाउन समेत लागू गरिएको छ। तर, लकडाउनले कोरोना संक्रमण घटाउनुको सट्टा बढ्दै गएको मन्त्रालयको तथ्यांकमा देखिन्छ।

    आइतबार थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

     

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍ जागेश्वर गाैतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। 

    पिसिआर परीक्षणमा ८ हजार ७७७ र एन्टिजेन परीक्षणमा ७३ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। 

    त्यस्तै २४ घण्टामा मृत्यु हुनेको संख्या ५२ रहेको छ। अघिल्ला दिनहरूमा छुटेको संख्या समेत जाेड्दा मृत्यु हुनेको संख्या ८८ रहेकाे गाैतमले बताए। 

    त्यस्तै यस दिन ४ हजार २२ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ। 

    यस दिन कुल १८ हजार ७८७ जनाको नमुना संकलन भएको थियो। आज थपिएका संक्रमितसहित हाल देशभर ८८ हजार १६० जना सक्रिय संक्रमित रहेको गौतमले बताए। 

    देशभर ८३२ जना संक्रमित आइसियू कक्षमा छन्, तीमध्ये पनि २६७ जना भेन्टिलेटरको सहायतामा रहेको गौतमले बताए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार