Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णालीमा कोरोनाबाट ८२ जनाको मृत्यु


    आइतबार, बैशाख २६ २०७८
    665
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुर्खेत। कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ ।

    नयाँ वर्षको शुरुआतसँगै फैलिएको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको मृत्युदर बढ्दै गएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

    दोस्रो लहरको हालसम्मको अवधिमा मृत्यु हुनेको सङ्ख्या पहिलो लहरको भन्दा दुई गुना बढी हो । गत वर्ष जेठदेखि चैतसम्म कर्णालीमा ४० सङ्क्रमितको मृत्यु भएको थियो भने दोस्रो लहरको शुरुआतमै यो सङ्ख्या बढेर ८२ पुगेको हो ।

    निर्देशनालयका अनुसार हालसम्म एक लाख दुई हजार ९९३ जनामा आरटी पिसिआर परीक्षण गरेकामध्ये १० हजार ६३३ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै एन्टिजेन विधिबाट गरिएको परीक्षण १० हजार २०६ मध्ये एक हजार ९८२ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

    यस्तै, सङ्क्रमित भएकामध्ये आठ हजार ४४ जना विभिन्न आइसोलेशन तथा अस्पतालबाट निको भएर डिस्चार्ज भएसँगै कर्णालीमा अब सक्रिय सङ्क्रमित तीन हजार ८१८ जना रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार