Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना कहर : कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द


    आइतबार, बैशाख २६ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • डोटी। डोटीका कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ । कोरोना सङ्क्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको कारागार प्रशासनले जनाएको छ ।

    कैदीका आफन्तसँगको भेटघाटबाट कारागारमा रहेका कैदीबन्दीलाई कोरोना सर्न सक्ने र जोखिम हुने भन्दै भेटघाट बन्द गरिएको कार्यालयका लालबहादुर बोगटीले बताए ।

    उनले भने, ‘जिल्लामा कोरोना सङ्क्रमित दैनिक बढ्दै गइरहेका छन्, कैदीका आफन्त पनि भेटघाटमा आउने भएकाले कारागारमा पनि कोरोना सर्नसक्ने हुँदा सहज परिस्थिति नहुँदासम्म हामीले भेटघाट बन्द गरेका छौँ ।’

    कारागार प्रशासनले जिल्ला अदालतबाट पठाइएका कैदीबन्दीलाई आउनेबित्तिकै १५ दिन छुट्टै क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाएको छ । कारागारमा विभिन्न मुद्दाका दुई महिला र ४६ पुरुषसहित ४८ कैदीबन्दीलाई राखिएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार