काठमाडौँ। सङ्घीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड-१९ पिसिआर परीक्षणमा प्रतिनिधिसभा र राष्ट्रियसभाका १९ जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३ र २४ गते नयाँ बानेश्वरस्थित संसद् भवनमा कोरोना परीक्षण गरेको थियो।
पिसिआर परीक्षणमा २०५ सांसद सहभागी भएकामा राष्ट्रियसभाका एकसहित १९ जनालाई कोरोना पोजिटिभ देखिएको सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए। यसअघि ९ सदस्यलाई कोरोना पोजिटिभ देखिएको थियो। उनीहरुसमेत हाल उपचारका क्रममा छन्। पछिल्लो नतिजासँगै कोरोनाबाट संक्रमित हुने सांसद २६ पुगेका छ।
सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला समाजसँग आबद्ध पत्रकार र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीसमेत १ हजार ३० को परीक्षण गरिएकामा १४१ जनालाई कोभिड–१९ पोजिटिभ नतिजा प्राप्त भएको जनाइएको छ।
यी हुन् कोरोना संक्रमण हुने सांसदहरु :
- झलनाथ खनाल
- मुकुन्द न्यौपाने
- मायादेवी न्यौपाने
- पार्वती डिसी चौधरी
- राजेन्द्रप्रसाद गौतम
- नन्दलाल रोका क्षेत्री
- लालबाबु पण्डित
- लक्ष्मणलाल कर्ण
- नरमाया ढकाल
- महेश बस्नेत
- रामबाबु यादव
- गोपालबहादुर बम
- नमीता कुमारी चौधरी
- शान्तिमाया तामाङ
- विना कुमारी श्रेष्ठ
- रेनुका गुरुङ
- जुलीकुमारी महतो
- रघुवीर महासेठ
- किसान श्रेष्ठ
- सुरेश कुमार राई
- पुष्पा कुमारी कर्ण कायस्थ
- भानुभक्त ढकाल
- बीना मगर
- भरतकुमार शाह
- प्रमोद शाह
- दिपकप्रकाश भट्ट