Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली र नेपाल समूहको आज निर्णायक वार्ता, सहमत नभए सांसदहरुको सामुहिक राजीनामा


    आइतबार, बैशाख २६ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको केपी शर्मा ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष ओलीले २ जेठ २०७५ मा फर्किन नमानेमा नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिने भएका छन् ।

    शनिवार साँझ सकिएको नेपाल समूहका सांसदहरुको बैठकले आइतबार साँझसम्म पर्खने सहमति गरेको थियो । ‘ओली आफ्नै अडानमै रहिरहेमा आइतबार साँझ वा सोमबार विहानसम्म सांसदहरुले राजीनामा दिनेछन् ।’ एक सांसदले भने ।

    प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि २७ वैशाखमा संसद्को विशेष अधिवेशन बोलाइएको छ । यदि सहमति नभएमा नेपाल पक्षले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएका छन् ।

    सामुहिक राजीनामाकै सन्दर्भमा केन्द्रित रहेर नेपाल समुहको आइतवार स्थायी समिति बैठक बस्ने भएको छ । (राजधानी दैनिकबाट)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार