Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • मोरङमा थप ७ जना कोरोना संक्रमितको मृत्यु


    आइतबार, बैशाख २६ २०७८
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मोरङ। जिल्लाको नोवेल अस्पताल र विराट मेडिकल शिक्षण अस्पतालमा  गरेर हिजो रातिदेखि आज बिहानसम्म सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

    सुनसरी जिल्लाकी इटहरी उपमहानगर ८ की ५४ वर्षीया महिलाको विराट मेडिकलमा आज बिहान मृत्यु भएको हो भने विराटनगर–१ त्रिवेणी चोकका ७६ वर्षीय पुरुष, सुनसरीको धरान–१७ का ६६ वर्षीय पुरुष र सिरहाको कल्याणपुर ४ की ३८ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। 

    यस्तै, अस्पतालका अनुसार  मोरङको उर्लाबारी–६ की ३९ वर्षीया महिला, झापाको मेचीनगर–६ का ६० वर्षीय पुरुष र सप्तरीको बोदे बरसाइन नगरपालिका–१० का ३५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार