Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल सुपर लिग : ललितपुर र बुटवल प्ले अफमा प्रवेश


    आइतबार, बैशाख २६ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेका छन् । 

    ललितपुरले विराटनगर सिटी एफसीलाई ४–० गोल  तथा बुटवल लुम्बिनी एफसीले धनगढी एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष चारमा स्थान बनाएका हुन् । 

    शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुरका लागि कप्तान अञ्जन विष्टले दुई तथा विमल राना र नुर्लान जाहिदले एक एक गोल गरे । जीतसँगै ललितपुर ६ खेलमा ९ अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लिएको छ भने पराजित भएको विराटनगर ६ खेलमा ७ अंक जोडेर पांचौं स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।  

    यसैगरी अर्को खेलमा बुटवल सुपर लिगको प्ले अफमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको खेलमा धनगढी एफसीलाई १–० गोलले पराजित गर्दै बुटवल प्ले अफमा प्रवेश गरेको हो ।  बुटवलका लागि निर्णायक गोल सुमन लामाले खेलको ८० औँ मिनेटमा गएका थिए । 

    बुटवल लिग चरणको ६ खेलमा ८ अंक जोड्दै चौथो स्थानमा कायम रहन सफल भयो । आइतबार लिग चरणको अन्तिम खेलमा चितवन र काठमाडौंँ भिड्ने छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार