Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतको तमिलनाडुमा भोलिदेखि २ हप्ता लकडाउन


    आइतबार, बैशाख २६ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी। भारतको दक्षिणी राज्य तमिलनाडुको सरकारले आगामी सोमबारदेखि दुई हप्ताका लागि लकडाउन गर्ने  घोषणा गरेको छ । 

    भारतमा कोभिड–१९ सङ्क्रमण दरमा उच्च रहेका समय तमिलनाडु राज्य सरकारले दुई हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

    उक्त राज्यमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै उच्च (२६ हजार सङ्क्रमित) भेटिएको एक दिनपछि अर्थात् शनिबार यो निर्णय गरेको हो ।

    राज्यका नवनिर्वाचित मुख्यमन्त्री एक के स्टालिनका अनुसार  तमिलनाडुमा मे १० तारिख विहान ४ बजेदेखि लागू हुनेगरी अतिआवश्यक सेवाबाहेक सबै क्षेत्रलाई दुई हप्ताका लागि पूर्णतया लकडाउन गरिएको छ ।

    सरकारले जारी गरेको निर्देशन अनुसार लकडाउनका क्रममा बैंकलाई ५० प्रतिशत कर्मचारीद्वारा सेवा सञ्चालन गर्न पाइने छ भने खाद्यान्न तथा अतिआवश्यक अन्य सेवालाई कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएका नियम पालना गर्दै जारी राख्न भनिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार