काठमाडौँ। सरकारले वीर अस्पतालको नयाँ भवनलाई ‘कोभिड युनिफाइड’ अस्पताल बनाउने भएको छ ।
शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई ‘कोभिड युनिफाइड’ अस्पताल बनाउने निर्णय गरेको हो ।
आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनमा पाँच सय शैय्याको युनिफाइड कोभिड अपताल बनाउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले जानकारी दिईन।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको यसअघिको बैठकले नै यो भवनलाई कोरोना विशेष अस्पताल बनाउन सिफारिस गरेको थियो ।