काठमाडौँ। नेकपा एमाले आन्तरिक विवाद सुल्झनेभन्दा चर्कने अवस्थामा पुगेपछि माधवकुमार नेपाल पक्षका सांसद राजीनामा दिएर बाहिरिने अवस्थामा पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउन र पदाधिकारीसहितको बैठक राख्न असहमति जनाएपछि नेपाल पक्षका सांसद सो पदबाट राजीनामा दिएर कार्यकर्ताको माझ जानुको विकल्प नभएको निष्कर्षमा पुगेका हुन्।
राजीनामा दिने उद्देश्यले निर्वाचित र समानुपातिक गरी नेपाल पक्षका सबै सांसदले हस्ताक्षर गरिसकेको स्रोतको दाबी छ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले विवाद सुल्झाउनेभन्दा पनि जसरी हुन्छ आफूसँग असहमति राख्नेलाई अल्मल्याउने र पन्छाउने नीति लिएको नेपाल पक्षको बुझाइ छ। नेपाल पक्षका सांसदले सकेसम्म विवाद मिलाउन सबै विकल्प खुला राख्ने तर ओलीले ढोका बन्द गरे राजीनामा नै दिनुपर्ने बताएका छन्। सातदोबाटोस्थित ओलम्पिक कमिटीको भवनमा शनिबार दिउँसो बसेको नेपाल पक्षीय संसदीय दलको बैठकमा राजीनामा दिन सबै सांसद सहमत भएको स्रोतले बतायो।
बैठकमा सांसदहरूले नेता नेपाललाई एकपटक ओली पक्षका नेताहरूसँग कुराकानी गरेर विवाद सुल्झाउने प्रयास गर्न आग्रह गरेका थिए। वार्ताका लागि सांसदहरूले नेता नेपाललाई अख्तियारीसमेत दिएका छन्। ‘तपाईं पार्टी प्रमुख भइसकेको व्यक्ति भएकाले एक पटक ओली र उनी पक्षका दोस्रो तहका नेताहरूसँग पनि छलफल गर्नुहोस् भनेर हामीले नेता नेपाललाई सुझाव दिएका छौं। त्यसका लागि अख्तियारी पनि दिएका छौं।
ओलीले २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउन चाहेनन् भने अर्को विकल्प छैन, राजीनामा नै हो भनेका छौ’, एक सांसदले भने। स्रोतका अनुसार विवाद मिलाउन तयार नभए नेपाल पक्षका संघीय र प्रदेश दुवै तहका सांसदले राजीनामा दिनेछन्। यसका लागि आइतबार नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दैछ।
ओली पक्षले तत्कालीन स्थायी कमिटीलाई यथावत राख्ने, पदाधिकारीलाई महाधिवेशन आयोजक कमिटीमा परिणत गर्ने, माधव नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेताको सम्मानमा यथावत राख्ने अन्य कमिटी चलायमान बनाउन कार्यदल बनाउने र त्यसका आधारमा संगठन निर्माण गर्न राखेको प्रस्तावमा नेता नेपालले असहमति राखेका थिए। नेपालले निर्वाचित पदाधिकारीसहितको बैठक बस्नुपर्ने प्रस्ताव गरेका छन्। उनले २०७५ जेठ २ गतेकै अवस्थामा पार्टीलाई फर्काउनुपर्ने अडान राखेका छन्।
नेपालको प्रस्ताव ओलीले नमानेपछि उनी पक्षकाा नेताहरूले कम्तीमा मध्यमार्गी बाटो खोज्न र फागुन २८ को निर्णयलाई तत्कालीन स्थायी कमिटीको बैठकले अनुमोदन गर्ने प्रस्ताव गरेका थिए। बिहीबार सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिष्टसहितको छलफलमा ओली पक्षका नेताहरूले सो प्रस्ताव गरेका थिए।
ओली पक्षको सो प्रस्तावमा नेपाल पक्षका नेताहरूले आन्तरिक रूपमा छलफल गरेर निर्णय दिने बताएका थिए। तर शनिबार दिनभर दुवै पक्षबीच संवाद हुन सकेन। ओली पक्षका नेताहरूले भने बालुवाटारमा ओलीसँग आन्तरिक छलफल गरे। शनिबार दिनभर ओली पक्षको फोन कुरेर बसेका नेपाल पक्षका नेताहरूले संसदीय दलको बैठक राखेर ओलीले आफूहरूलाई अल्मल्याउन मात्रै खोजेको भन्दै राजीनाका लागि हस्ताक्षरसमेत गरिसकेको स्रोतको दाबी छ।
‘ओलीले अल्मल्याउन खोजे, विवाद मिलाउन खोजेनन्, हामी पार्टीलाई मिलाएर लैजाने पक्षमा हदैसम्म लचिलो हुन खोजेका छौं, पार्टीलाई २०७५ जेठ २ को अवस्थाबाट अघि बढाऔं भन्नेमात्रै हाम्रो भनाइ हो। तर ओली मान्ने अवस्थामा देखिएनन्। अब अप्रिय निर्णय लिनुपर्ने हुन्छ’, सांसद झपट रावलले भने। उनका अनुसार राजीनामा अन्तिम विकल्प भएको र ओलीले ढोका बन्द गरिरहे अबको बाटो राजीनामा नै हो। ओली नेपाल पक्षलाई निषेध गरेर अघि बढ्ने योजनमा रहेको स्रोतको दाबी छ। (नागरिक दैनिकबाट)
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend