Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पछिल्लो २४ घन्टामा थप ८४१८ जनामा कोरोना संक्रमण, ५३ जनाको मृत्यु


    शनिबार, बैशाख २५ २०७८
    575
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८४१८ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा शनिबार थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण देखिएको हो। 

    मन्त्रालयका अनुसार १७ हजार ३१५ जनाको पिसीआर परीक्षणबाट ८ हजार २ सय ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो भने ८९८ जनाको एन्टिजेन परीक्षण गर्दा  १३१ जनामा संक्रमण पुष्टि भएको हो। 

    पछिल्लो २४ घण्टामा थपिएका संक्रमित समेत गरी नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ। जसमध्येका २ लाख ९८ हजार ७६५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भइसकेका छन् भने देशभर हाल ८३ हजार ४९३ जना सक्रिय संक्रमित छन्।

    पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ३७० जना संक्रमित संक्रमण मुक्त (निको) भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

    कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ५३ जनको मृत्यु भएको छ। विभिन्न अस्पतालमा उपचररत उनीहरुको गत २४ घण्टाभित्र मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ६३२ पुगेको छ। 

    यस्तै काठमाडौं उपत्यकामा एकै दिन ३ हजार १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    शनिबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २  हजार २ सय ७० छन्। यस्तै, ललितपुरमा ४ सय ६२ र भक्तपुर जिल्लामा ३ सय ८१ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार