Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १९ सय पर्ने अक्सिमिटरलाई ३५ सय भन्दा बढीमा बेच्ने औषधी पसले पक्राउ


    शनिबार, बैशाख २५ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले अक्सिमिटर कालोबजारी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ नगवाका ३२ वर्षीय रामहरि तिवारी रहेका छन्।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसएसपी ओमप्रकाश खनालका अनुसार पक्राउ परेका तिवारी औषधी पसलका सञ्चालक समेत हुन्।

    शुक्रबार दिउँसो उनको घरमै रहेको पसलबाट पक्राउ गरिएको एसएसपी खनालले जानकारी दिए।

    कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी बन्दाबन्दीमा उनले महंगोमा अक्सिमिटर बिक्री गरेको जानकारी आएपछि प्रहरीले पक्राउ गरेको एसएसपी खनालको भनाइ छ ,

    तिवारीले १९ सय रुपैयाँमा पाइने अक्सिमिटर ३५ सय भन्दा बढी मूल्यमा बिक्री गरेको पाइएको छ। तिवारीको पसलबाट प्रहरीले १२ थान अक्सिमिटर बरामद गरेको छ।

    तिवारीलाई कालोबजारी ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइने एसएसपी खनालले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार