Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुकाइएर राखेका अक्सिजनका सिलिन्डर खोज्न प्रहरी परिचालन


    शनिबार, बैशाख २५ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका अक्सिजनका सिलिन्डर खोज्न यहाँ प्रहरी परिचालन गरिएको छ । दुई दिनमा प्रहरीले विभिन्न उद्योगबाट एक सय पाँच सिलिन्डर सङ्कलन गरेको छ ।

    मेडिकलबाहेक अन्य प्रयोजनमा अक्सिजन सिलिन्डर प्रयोग भइरहेको जानकारी आएपछि प्रहरी परिचालन गरेर सिलिन्डर सङ्कलन थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले बताउनुभयो ।

    कोभिड–१९ महामारीको दोस्रो लहरले सङ्क्रमितको सङ्ख्या बढेसँगै अक्सिजन सिलिन्डरको माग बढिरहेको छ । विभिन्न उद्योग र ग्यारेजबाट प्रहरी टोलीले सिलिन्डर सङ्कलन गरी डिलरमा पु¥याएको छ ।

    दमकको मातृका ट्रेडर्स र विर्तामोडको कपुरी ब्रदर्स तथा जलकन्या ट्रेडर्समा ती सिलिन्डर रिफिलका लागि पठाइएको थापाले जानकारी दिनुभयो । उहाँले प्रयोगविहीन र लुकाइएका अक्सिजन सिलिन्डरको खोजी कार्य जारी रहेको बताउनुभयो ।

    प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सङ्कलन गरिएका सिलिन्डर निजी तथा सरकारी अस्पतालमा बिरामीको चाप र आवश्यकता हेरेर उपलब्ध गराइने जनाउनुभयो । “जुन अस्पतालमा अक्सिजन अभाव हुन्छ, त्यहीँ उपलब्ध गराउँछौँ”, प्रजिअ तिम्सिनाले भन्नुभयो, “अक्सिजन अभावमा सङ्क्रमितलाई सकस नहोस् भनेर उद्योगधन्दाका सिलिन्डर सङ्कलन गर्न थालेका हौँ ।”

    जिल्लामा आइसोलेशनमा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २०३ रहेको छ । मेची प्रादेशिक अस्पतालमा रहेको ७५ श्ययाको कोभिड अस्पतालमा ५० श्यया सङ्क्रमितले भरिसकेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार