Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मकवानपुरमा जिप दुर्घटना : एकको मृत्यु, ५ जना घाइते


    शनिबार, बैशाख २५ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मकवानपुर । मकवानपुरको पश्चिमी भेगमा पर्ने राक्सिराङ गाउँपालिका–१ बेलटारस्थित बेसीघाटमा गएराति बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्थानीय १७ वर्षीय दिनेश स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार, बेसीघाटबाट हेटौँडातर्फ आउँदै गरेको ना १५ च ३९२० नम्बरको जिप आफै अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खस्दा स्याङ्तानको घटनास्थलमै मृत्यु भएको हो ।

    उक्त दुर्घटनामा जिप चालकसहित अन्य ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा चालक सोही ठाउँ बस्ने २५ वर्षीय दिपेन्द्र ल्हो, जिपमा सवार १८ वर्षीया मञ्जु ल्हो, १६ वर्षीय अमृत दोङ, २३ वर्षीया आकृती मोक्तान र मनहरि गाउँपालिका वडा नम्बर–७ बस्ने १७ वर्षीय दोर्जे गोङ्वा रहेको प्रहरीले जनाएको छ ।

    घाइतेको हेटौँडा चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार