Nepal Face
  • आइतबार, १० साउन २०८३
  • म्याग्दीको मालिकामा २० शय्याको आइसोलेसन वार्ड


    शनिबार, बैशाख २५ २०७८
    620
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • गलेश्वर । म्याग्दीको मालिका गाउँपालिकाले कोरोना सङ्क्रमितको उपचार गर्न १५ शय्याको आइसोलेसन वार्ड निर्माण गरेको छ । कोरोना सङ्क्रमितको उपचार गर्न वडा नम्बर ६ दरबाङ छयारछयारेस्थित बहुउद्धेश्ययीय सभा हलमा अक्सिजन सहितको आइसोलेसन वार्ड बनाएको गाउँपालिकाका स्वास्थ्य सह–संयोजक राजेश थापाले जानकारी दिनुभयो ।

    यसअघि गाउँपालिकाले दरबाङस्थित जनप्रिय माविको विद्यालय भवनमा पाँच शय्याको कोरोना अस्पताल बनाएको थियो । सो कोरोना अस्पतालमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगीको व्यवस्था गरिएको थियो । अहिलेसम्म गाउँपालिकाको आइसोलेसनमा कोरोना सङ्क्रमित भर्ना भएका छैनन् ।

    आइसोलेसनमा स्वास्थ्यकर्मीको व्यवस्था गरिने स्वास्थ्य संयोजक थापाले जानकारी दिनुभयो । आइसोलेसन वार्डमा अक्सिमिटर र अक्सिजनको व्यवस्था गरिएको छ । उहाँका अनुसार मालिका गाउँपालिका ठेगाना भइ हाल गाउँपालिका बाहिर बसोबास गर्नेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । “जिल्लामा कोरोना सङ्क्रमणको दर उच्च रहेको र गाउँपालिका भित्रका सङ्क्रमितले उपचार नै नपाउने अवस्था आउन नदिन आइसोलेसन वार्ड निर्माण गरिएको हो”, गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले भन्नुभयो, “सङ्क्रमण समुदायस्तरमा फैलिन नदिन गाउँपालिकाले २५ गतेदेखी नियमित रुपमा स्वाब सङ्कलन गर्ने छ ।” रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार