काठमाडौं । कीर्तिमानी आरोही कामिरिता शेर्पा २५ औँ पटक सगरमाथाको चुचुरोमा पुगेका छन्। ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर सगरमाथाको उचाइ कायम भएपछि सगरमाथा आरोहण गर्ने कामिरिता पहिलो आरोही पनि बनेका छन् ।
उनले आज सगरमाथाको आरोहण गर्दै आफ्नै कीर्तिमान भंग गरेका हुन् । आज बेलुका ६ बजे उनीसहित १२ जनाले सफलतापूर्वक सगरमाथाको आरोहण गरेको पर्यटन विभागले जानकारी दिएको छ ।