काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ मा विश्वासको मत लिने निर्णय गरेसँगै राजनीतिक सरगर्मी बढेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा मिलेर अविश्वास प्रस्ताव ल्याउने सुईको पाएपछि ओलीले विश्वासको मत लिने निर्णय गरेका हुन् । तर एमालेभित्रकै माधव नेपाल र झलनाथ खनाल समूहले ओलीले विश्वासको मत लिइसकेपछि झन् पेल्ने निष्कर्ष निकाल्दै सांसद पदबाटै राजीनामा दिनेबारेमा छलफल अगाडि बढायो ।
माधव नेपाल पक्षका २१ सांसदले राजीनामा दिने तहमा आइसकेपछि प्रधानमन्त्री ओली बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकन्ठ पुगे । उनले बुढानीलकन्ठमा देउवासँग अर्लि इलेक्सनमा जानका लागि आग्रहमात्र गरेनन्, सरकारमै सहभागी भइदिनका लागि अनुनय बिनय गरे ।
एमालेबाहेकको सरकार नबन्ने दाबीसहित ओलीले देउवालाई २–३ वटा पार्टी जोडेर सरकार बनाउनु नहुने कुरा सुनाएर फर्किए ।
देउवालाई भेटेर फर्किएका ओली त्यसपछि माधव नेपाल पक्षका नेताहरुलाई फकाउन लागेका छन् । शुक्रबार राष्ट्रपति निवास शितलनिवासमा माधव नेपाललाई बोलाएर राजीनामा दिएर अप्ठेरो नपार्नका लागि भन्न लगाए । तर पनि माधव नेपालले २०७५ जेठ २ को अवस्थामा नपुगेसम्म सहमति नहुने प्रष्ट पारेका छन् । आज पनि बालुवाटारमा एमालेका माधव नेपाल पक्षीय नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, योगेश भट्टराई, गोकर्ण बिष्टसँग ओली पक्षका विष्णु पौडेल र सुवास नेम्वाङले वार्ता गरिरहेका छन् ।
यसैगरी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।
प्रचण्ड आज साँझ ६ बजे देउवा निवास पुगेका थिए । देउवा र प्रचण्डबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो । ओलीले लिन लागेको विश्वासको मत असफल पार्नेबारेमा बारेमा प्रचण्ड र देउवाबीच छलफल भएको थियो ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend