Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वीर र ट्रमाको अनियमितता छानविन समितिलाई स्वास्थ्य मन्त्रालयको ताकेता


    शुक्रबार, बैशाख २४ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । वीर अस्पतालको कर्मचारी संघले वीर अस्पताल तथा ट्रमा सेन्टरमा  कर्मचारी भर्ना, उपकरण खरिद, मर्मत र समायोजन हुन नक्कली बिरामी भएको मेडिकल बोर्डको सिफारिश बनाएको बिषयमा २०७७ फागुन ३ गते प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र र स्वास्थ्य मन्त्रालयमा उजुरीमा छानबिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः ताकेता गरेको छ ।

    वीर र ट्रमामा आफूनिकट ब्यापारीसग कोटेशनमा सामान खरिदमा अनियमितता गरिएको, दुवाकोट परियोजना सेटिङमा डिपिआर गर्न नदिएपछि रेक्टर डा. सुवोध अधिकारी र खरिद एकाईकी भगवती थपलियाले ८० करोड बजेट फ्रिज गराएको बिषयका बारेमा पनि संघले उजुरी दिएको थियो ।

    त्यसैगरी सर्जिकल भवन संचालनमा डा.अधिकारीले बाधा खडा गरेको र आफूले भनेको ब्यापारीसँग खरिद गर्न गोप्यरूपमा उपकरणको स्पेक तयार गरेको र आफू निमित्त उपकुलपति हुँदा न्याम्समा लिफ्ट जडान गर्दा ४०लाख अनियमितता गरेकाले उनको सम्पत्ति छानविन गर्ने  र सर्तकता केन्द्रको छानविन प्रतिवेदन अनुसार दोषीलाई कारवाही गर्न प्रधानमन्त्री कार्यालय र अख्तियारमा उजुरी दिएको थियो । सो उजुरीमाथि छानबिन गर्न प्रधानमन्त्री कार्यालयले २०७७ फागुन ५ गते स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो । स्वास्थ्य मन्त्रालयले २०७७ फागुन १३ गते  १५ दिनभित्र छानविन गरी प्रतिवेदन दिनेगरी मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक  रिता भण्डारी जोशी संयोजक रहेको समिति गठन गरेको थियो ।

    समितिले हालसम्म छानविन प्रतिवेदन नबुझाएपछि कर्मचारी युनियनले यही १६ गते पुनः प्रधानमन्त्री कार्यालय, अख्तियार, राज्यब्यवस्था तथा सुशासन समिति, शिक्षा तथा स्वास्थ्य समिति ,सतर्कता केन्द्र, स्वास्थ्य मन्त्री,स्वास्थ्य सचिव, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग लगायतमा पुनः उजुरी दिएको थियो । युनियनले नक्कली मेडिकल बोर्ड सिफारिश छानविन गर्न माग गरेकोमा स्वास्थ्य मन्त्रालयले यही २०७८ बैशाख १४ मा छानविन समितिलाई ३ दिनभित्र प्रतिवेदन बुझाउन ताकेता पत्र काटेको छ । समितिका एक सदस्यले भने–समितिाई आवश्यक कागजात वीर अस्पताल खरिद एकाई, ट्रमा खरिद र डा.सुवोधले उपलब्ध नगराएकाले प्रतिवेदन तयार गर्न नसकेको बताउँछन् । उनका अनुसार वीर र ट्रमा खरिद एकाईले आफ्नो अनियमितता पर्दाफास हुने भएकाले आबश्यक कागजपत्र नदिएको उनी बताउँछन् ।

    कर्मचारीलाई कोभिड भत्ता नदिएको, सेवा बिस्तार भत्ता, औषधि खरिद खर्च, शैक्षिक भत्ता, कोरना बिमा नदिएको, अस्थायी करार ,ज्यालादारी कर्मचारीलाई तिन ३ महिनासम्म तलव नदिएको बिषय उल्लेख छन् । कर्मचारीलाई कोभिड भत्ता नदिएको तर कमिसनका लागि ब्यापारीलाई भने ड. सुवोध र लेखा प्रमुखले भटाभट रकम निकासा गरेका थिए । गत बर्ष कोभिड महामारीमा कर्मचारी होटलमा राख्दा खरिद प्रमुख र डा.अधिकारीले अनियमितता गरेको हुँदा छानविन गर्न माग गर्दै हालसम्ममै तलव भत्ता, कोभिड भत्ता, कर्मचारी बिमा, आबश्यक स्वास्थ्य सुरक्षा सामग्री, कर्मचारी विरामी हँुदा उपचार र बेडको ब्यवस्था तत्काल उपलब्ध गराउन माग गरेका छन् ।

    स्थायी कर्मचारी र अस्थायी, करार, ज्यालादारीलाई समान तलव भत्ता र सेवा सुविधा माग गरेका छन् । साथै डा. अधिकारीले आफ्नो अनियमितताको बिरोध गर्नेलाई धम्काउने र सरूवा गर्दिन्छु भन्दै अस्पतालमा आतंक सिर्जना गरेको कर्मचारीको गुनासो छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार