काठमाडौं । लकडाउनमा पनि काेराेना संक्रमितहरुको संख्याले दिनप्रतिदिन रेकर्ड ब्रेक गरेकाे छ ।
पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो अहिले सम्मकै सार्वाधिक संख्या हो।
शुक्रबार स्वास्थ्य तथा जनसंख्याले दिएको जानकारीका अनुसार २० हजार ४८२ मा परीक्षण गर्दा ९हजार १९६ जनामा कोरोना संक्रमण देखिएको हो।
१९ हजार ९८७ मा पिसिआर गर्दा ९ हजार २३ मा र ४९५ मा एन्टिजेन परीक्षण गर्दा १७३ मा गरी जम्मा संक्रमण पुष्टि भएको हो।
यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ।