Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीले बोलाए संबैधानिक परिषद बैठक, लोकसेवा र अख्तियारको नियुक्ति सिफारिस गर्ने


    शुक्रबार, बैशाख २४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । प्रधानमन्त्री केपी ओलीले संबैधानिक परिषदको बैठक बोलाएका छन् । परिषदको बैठक आइतबारका लागि बोलाइएको छ ।
     
    परिषद बैठक लोकसेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धानका पदाधिकारी नियुक्ति सिफारिस गर्नका लागि बोलाएका हुन । लोकसेवा आयोगमा अध्यक्षसहित ५ सदस्य रिक्त छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ आयुक्त रिक्त छ ।
     
    लोकसेवा आयोगकाे अध्यक्षकालागि केहीदिन अघि वनमन्त्रालयकाे सचिवबाट अवकास भएका डा. विश्वनाथ ओली, प्रशासनिक प्रशिक्षण प्रतिस्ठान (स्टाफ कलेज) का कार्यकारी निर्देशक राजनप्रसाद खनाल र पूर्व सचिव माधव रेग्मी पनि दाैडमा छन् ।
     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार