Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजनीतिक बिषयमा उधारो सम्झौता हुनसक्दैन: रामकुमारी झाक्री


    शुक्रबार, बैशाख २४ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीले राजनीतिक बिषयमा उधारो सम्झौता हुननसक्ने बताएकी छन् ।

    पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टी एकताका बिषयमा छलफल भइरहेकाे समय झाँक्रीले सञ्जाल फेसबुकमार्फत् स्टाटस लेख्दै यस्ताे बताएकी हुन् ।

    उनले लेख्छीन् ‘राजनीति व्यक्तिगत लेनदेनको मामिला होईन। राजनीतिक विषयमा उधारो संझौता पनि हुनसक्दैन।’

    युद्धमा होमिएका क्रान्तिकारीहरूका निम्ति विजय र मृत्यूको बराबर सम्भावना हुने बताउदै उनले जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन आफूहरु सधै तयार रहेकाे बताएकी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार