Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • गण्डकी काेराेना अपडेट: थप चार जना संक्रमितको मृत्यु


    शुक्रबार, बैशाख २४ २०७८
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गण्डकी प्रदेशमा थप चार जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

    गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पर्वतको जलजला गाउँपालिका–३ का ६३ वर्षीय पुरुषको वैशाख २३ गते होमआइसोलेसनमा मृत्यु भएको छ । 

    उनका अनुसार पर्वतकै कुश्मा नगरपालिका–९ का ५३ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वैशाख २३ गते मृत्यु भएको हो । 

    तनहुँको व्यास नगरपालिका–१ की ६० वर्षीया महिलाको वैशाख २३ गतै नै मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको उनले बताए ।

    त्यस्तै, कास्कीको पोखरा महानगरपालिका–२५ का ६८ वर्षीय पुरुषको पनि मणिपाल शिक्षण अस्पतालमै वैशाख २३ गते मृत्यु भएको शर्माले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार