धर्मेन्द्र प्रसाद यादव
पर्सा । नयाँ भेरियन्ट सहितको कोभिड–१९ कोरोना भाइरस महामारीको दोस्रो लहर तिब्र रुपमा बढिरहेका बेला पकहा मैनपुर गाउँपालिकाको सहयोग तथा समाज परिवर्तन नेपाल र वीरगंज केयर क्लबको संयुक्त आयोजनामा कोरोना भाइरसको प्रभावलाई रोकथाम गर्न माक्स बितरण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १ हजार माक्स बितरण गरिएको छ ।
कार्यक्रम पकहा मैनपुर गाउँपालिका वडा नः १ धोरेमा भएको हो । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको महामारी तीव्ररुपमा फैलिरहेको अवस्थामा नागरिकलाई सचेत बनाउन मास्क बितरण तथा जनचेतनामूलक कार्यक्रम गरिएको समाज परिवर्तन नेपाल अध्यक्ष अकलेश साहले बताएका छन् ।
जनचेतनामूलक कार्यक्रममा वडा नः १ धोरे गाउँमा घरदैलो गरी मास्क वितरण गर्दै समाज परिवर्तन नेपालका अध्यक्ष अकलेश साहले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔं’ नाराका साथ कोरोना महामारीबाट बच्नका लागि अत्यावश्यक काम बाहेक बाहिर हिडडुल नगर्न आग्रह गरेका थिए । उनले बाहिर हिंडडुल नगरौ र गर्नै परे माक्स तथा स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गरी कम्तीमा १ मिटरको दूरी कायम गर्न पनि सबैमा अनुरोध गरेका छन् । ।
घरदैलो कार्यक्रममा समाज परिवर्तन नेपालका अध्यक्ष अकलेश साह, सदस्य आकाश गुप्ता ,वीरगंज केयर क्लबका अध्यक्ष भगवानलाल पटेल। सदस्य सुमित पटेल, चंदन पटेल, पकहा मैनपुर बीओपीका सशस्त्र प्रहरी सहायक निरीक्षक श्यामप्रसाद लिगल, धोरे चौकीका इन्चार्ज जिवछ शर्मा सहितको उपस्थिति थियो ।