Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरी परिचालन गरेर अक्सिजन सिलिन्डर संकलन


    शुक्रबार, बैशाख २४ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुरमा प्रहरी परिचालन गरेर अक्सिजन सिलिन्डर संकलन गरिएको छ । अस्पतालमा कोभिड–१९ बाट संक्रमित बिरामीको चाप बढेपछि अत्यावश्यक अक्सिजन सिलिन्डर संकलन गरिएको बताइएको छ ।

    महानगरीय प्रहरी परिसर ललितपुरको अगुवाईमा संकलन गरिएको १ सय ५९ वटा सिलिन्डर जिल्लाका ४ वटा अस्पताललाई बितरण गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले कोभिडका विरामीको प्रयोजनका लागी ति सिलिन्डर वितरण गरेको हो ।​

    डिसिसिएमसीको निर्णय अनुसार पाटन अस्पताललाई ५० थान, किष्ट मेडिकल कलेजलाई ५० थान, बज्रबाराही अस्पताल चापागाउँलाई १० थान र अल्का अस्पतालाई १५ थान अक्सिजन सिलिन्डर वितरण गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार