Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कलाकार दीपकराज गिरी भन्छन् – भाइरल हुने चाहनाले आफ्नो रिस र कुन्ठा पोख्ने थलो भएको छ सामाजिक संजाल


    शुक्रबार, बैशाख २४ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ। नेपाली फिल्म क्षेत्रका सफल व्यक्तिव एवं बरिष्ठ हाँस्यकलाकार दीपकराज गिरीले सरकारलाई दुई शव्द भन्न नपाई कार्यकर्ताहरु अरिंगाल झैँ झम्टिने उल्लेख गरेका छन्। 

    आज बिहानै सामाजिक सञ्जाल फेसबुकमा आज म लेख्दै छु भन्दै कलाकार गिरीले सामाजिक सञ्जाल भन्ने बिषयमा वर्तमान समसामयिक गतिबिधिलाई व्यंग शैलीमा टिप्पणी गरेका छन्। 

    देश महामारीको संघारमा लडिरहेको बेलासमेत पोजेटिभ र सकारात्मक समाचार सुन्न नपाइने भन्दै भाइरल हुनकै लागि मान्छे हरुले अनेक गरेको उनको भनाइ छ। 

    उनको स्ट्याटस यस्तो छ:

    आज म लेख्दैछू…
    बिषय: “सामाजिक संजाल “
    सरकार लाइ २ शब्द कसैले केहि भनोस एकाथरि कार्यकर्ताहरू अरिंगाल झै झम्टिम्छन्!! गालि गलौच मै उत्रिन्छन्!!
    अर्को तिर,
    गॉउमा भैसी ले राम्रो संग दूध दिएन भने पनि “यो सरकार आए देखि के भो के भो भैसिले दूधै दिन छोड्यो यो सरकार मूर्दाबाद भन्ने खालको सोच छ , सानो कुरा बिग्रयो कि सरकार माथि खनियो!!!
    एउटा पक्षले ले अर्को पक्षको खेदो खन्यो, राज्यले केहि दिएन भन्यो बुरूक बुरूक उफ्रियो… अधिकार १००% चाहियो , कर्तव्य ०%
    दिनभर घरको काम श्रीमती लाइ गर्न लगायो ,
    बेलुका २ क्वाटर धोक्यो , अनि देश कसरी चलाउन पर्छ भनेर स्ट्याटस ठोक्यो …फ़ेसबुकका भित्ताहरू आजकल यस्तै यस्तै नकारात्मक कुराले भरिपूर्ण हुन्छ !
    यूटुब तिर झन हरि बिजोक छ,हाम्रो देशको ट्रेन्डिग……
    देवरले भाउजू उडायो ट्रेन्डिग
    कस्को डिबोर्स भो , को लिभिगं रिलेसन मा छ , हत्या हिंसाका कुरा ,अर्काको निजी भन्दा निजि कुरा सामाजिक संजालमा यत्र तत्र उदेक लाग्दो ढंगले छरिएका हुन्छन !
    त्यस्तो सामग्री हेरेपछि , पढेपछि कोभिड संग लडिरहेका बिरामिलाइ सिधै निमोनिया होला भन्ने डर !!!!
    म ब्य्ंग्य गर्ने मान्छे , मेरो दालभात त्यसै बाट जोहो हुन्छ !
    अरूलाइ ब्यग्य्ं गरेर जानबच्चा पाल्नु पर्ने अलि छुच्चो काम पनि हो
    मेरो !! केहि हद सम्म नकारात्मकता मैले पनि फैलाए होला !
    आज सारा देश कोभिड संग लडिरहेको छ , जताततै पिडा छ
    आस लाग्दा समाचार हम्मेसी सुन्न पाइन्न , सबैलाइ भाइरल हुने चाहना छ , आफ्नो रिस र कुन्ठा पोख्ने थलो भएको छ संजाल !
    संक्रमण भएर घर बसेका हरू ले time pass गर्न फ़ेसबुक खोले भने ,शारिरिक रोग त छंदैथ्यो मानसिक रोग पनि थपिने पक्का छ
    एक ब्यक्तिले यो नकारात्मकता लाइ परिवर्तन गर्न सक्दैन
    न कुनै निकायले यस्लाइ नियमन नै गर्न सक्छ !
    अत: जब सम्म कोभिड महामारी संगको हाम्रो लडाइ जारि रहनेछ
    तब सम्म म ब्यक्तिगत रूपमा फेसबुकमा यो वा त्यो समूहलाइ घोचपेच ,ब्यंग्य , र नकारात्मक कुराहरू लाइ बन्द गरेर सकारात्मक कुराहरू मात्रै पोष्ट गर्ने प्रण गर्दछू !!
    शुभदिन ! शुभ शुक्रवार!! सबैको जय होस !!!
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार