काठमाडौं। जिल्लामा कोरोना संक्रमणबाट बाँकेमा थप १० जनाको मृत्यु भएको छ।
जिल्लाको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा विहीबार रातिदेखि शुक्रबार विहानसम्म १० जनाको मृत्यु भएको बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन तेज वलीले जनाकारी दिए।
मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय पुरुष, कैलालीकी ४८ वर्षीय महिला छन् भने बाँकी आठ जना बाँके जिल्लाका रहेको वलीले बताए ।
जसमध्ये मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका-६ का ३४ वर्षका पुरुष, नेपालगञ्ज -१८ की ५६ वर्षीया महिला, नेपालगञ्ज कै ५२ वर्षीय पुरुष, ६० वर्षकी महिला ५४ वर्षीया महिला र ५४ वर्षकै पुरुष छन्। त्यस्तै २७ वर्षकी महिला र ६१ वर्षका पुरुष संक्रमणबाट ज्यान गएको छ।
यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या १६९ पुगेको छ।