Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णालीमा थप ८ जना कोरोना सङ्क्रमितको मृत्यु 


    शुक्रबार, बैशाख २४ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुर्खेत। कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले बिहीबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० का ३६, ४२ र ७३ वर्षीय पुरुष, लेकबेँसी नगरपालिका–५ का ३८ र छत्रेश्वरी गाउँपालिका–६ सल्यानका ६५ वर्षीया महिला रहेका छन् । उनीहरू सबैको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको निर्देशनालयका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए । 

    त्यस्तै, जिल्ला अस्पताल सल्यानमा शारदा नगरपालिका–१ का ६७ वर्षीय पुरुष र जिल्ला अस्पताल दैलेखमा भैरवी गाउँपालिका–४ दैलेखका ४६ वर्षीय पुरुषको मृत्यु भएको डा खड्काले बताए । भेरी नगरपालिका–४ जाजरकोटका ४५ वर्षीया महिलालाई नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जनाइएको छ । यससँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ ।

    डा खड्काका अनुसार पछिल्लो २४ घण्टामा ६१८ जनाको पिसिआर परीक्षणबाट ४०० र २६० जनाको एन्टिजेन परीक्षण गरिएकामा १०३ गरी जम्मा ५०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    कर्णालीमा हालसम्म नौ हजार ९८० जनामा सङ्क्रमण पुष्टि भएकामा सात हजार ७४८ ९७८ प्रतिशत० सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । हाल दुई हजार ८८७ जना आइसोलेशनमा रहेको  स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार