Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सांसद जीवनराम श्रेष्ठको पहलमा ५० बेड क्षमताको आइसोलेशन तयार


    बिहिबार, बैशाख २३ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरस (कोभिड -१९)को दास्रो लहरबाट बच्न काठमाडौं क्षेत्र नं ८ मा निःशुल्क मास्क वितरण सुरु गरेको छ । कोरोना भाइरसबाट जोगिन र जोगाउन सर्वसाधारणलाई मास्क र साबुन वितरण गरिएको हो ।

    कोरोना भाइरसबारे सचेतना जगाउने उद्देश्यले काठमाडौं क्षेत्र नं ८ बाट निर्वाचित संघीय सांसद जीवनराम श्रेष्ठले निःशुल्क मास्क, साबुन र कोभिडसम्बन्धी जानकारी भएको पात्रो वितरण गरेका छन् । काठमाडौं उपत्यकामा कोरोनाको दोस्रो लहरमा संक्रमण तीव्र गतिमा फैलिँदै गएकोले आफ्नो निर्वाचन क्षेत्रमा कोभिड महामारीबाट बच्न सचेतना कार्यक्रम संचालन गरेको उनले बताए ।

    कोरोना भाइरसबारे सचेतना जगाउँदै चमति, तल्लो विजेश्वरी र मखनटोल गरेर तीन हजार मास्क तथा सावुन वितरण गरिएको छ । यसलाई निरन्तरता दिने संघीय सांसद जीवनराम श्रेष्ठले बताए ।

    ‘कोभिडबाट आफु पनि बचौं, अरुलाई पनि बचाऔं’ भन्ने नारा दिइ श्रेष्ठले मास्कको साथमा हात धुने साबुन सर्वसाधारणको घरदैलोमा गई वितरण गरेका हुन् ।

    कोरोना संक्रमणको पहिलो लहरको दौरान पनि सांसद श्रेष्ठले आफ्नो क्षेत्रभित्र होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई भेटेर पौष्टिक खानेकुराहरु वितरण गरेका थिए ।

    ‘कोरोना संक्रमण दर तीव्ररुपले बढेकोले यसबाट बच्न र बचाउन मास्क र साबुन वितरण गरी सचेतना कार्यक्रम सुरु गरेका छौं ।’ श्रेष्ठले भने ।

    नेपाल सरकारले डाक्टर र नर्सको व्यवस्था गरिदिएको खण्डमा ५० शै्याको आइसालेसन तयारी अवस्थामा रहेको श्रेष्ठले बताए । श्रेष्ठले काठमाडौंको स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठको प्रयोगविहिन अवस्थामा रहेको भवन प्रयोग गरी ५० बेड क्षमताको आइसोलेशन निर्माण गरेका हुन् ।

    पवित्र स्वयम्भू क्षेत्रमा खुल्ला वातावरणमा आइसोलेशनमा यथेष्ठ खुल्ला क्षेत्र भएका कारण आइसोलेशनमा बस्ने व्यक्ति कोठामा मात्रै बस्नु पर्ने अवस्था नरहने सांसद श्रेष्ठले बताए ।

    सांसद जीवनराम श्रेष्ठले आफ्नो क्षेत्र विकासका लागि छुट्याइएको ४ करोड मध्ये १ करोड ५० लाख ४० हजार रुपैयाँ प्रयोग गरेर काठमाडौं क्षेत्र नं। ८ मा आइसोलेसनको निर्माण गरेका हुन् ।

    मास्क तथा साबुन वितरण कार्यक्रममा १५ वडाका वडाध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल, सदस्य निमा घ्याम्चो, आनन्दराम गौतम, मैयाँलक्ष्मी महर्जन र अनिता परियारको पनि उपस्थिती थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार