Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महामारीमा अक्सिमिटर तथा सेनिटाइजरको कालोवजारी गर्ने पक्राउ 


    बिहिबार, बैशाख २३ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंह महामारीमा कालोबजार िगर्नेहरु बिरुद्ध एक्सनमा उत्रिएका छन् । यसैक्रममा नयाँ भेरियन्टको कोभिड–१९ महामारीको सम्भावित संक्रमणबाट जोगिन तथा महामारीको कारणबाट उत्पन्न हुन सक्ने संभावित परिस्थितिबाट जोगिन प्रयोग हुने साधन अक्सिमिटर तथा सेनिटाइजर कालोवजारी गर्नेलाई प्रहरी परिसरको विशेष टोलीले पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको  विशेष टोलीले बिहीबार काठमाडौं महानगरपालिका वडा नं १७ क्षेत्रपाटीमा बीबीआर इन्टरप्राइजेजवाट कालोवजारी गरी अक्सिमिटर तथा स्यानिटाइजर विक्रीबितरण गर्ने भगवान बाबु राय राजपुतलाई पक्राउ गरेको छ । सिरहा घर भएका राजपुतको साथबाट कालोबजारी गरी बिक्री बितरण गरिएका अक्सिमिटर ८ थान र सेनिटाईजर १२४ ग्यालिन प्रहरीले नियन्त्रणमा लिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार