Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • लकडाउनमा पनि काेराेना संक्रमणकाे नयाँ रेकर्ड, २४ घण्टामा ९०७० जनामा संक्रमण पुष्टि


    बिहिबार, बैशाख २३ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । लकडाउनमा पनि काेराेना संक्रमितहरुको संख्याले दिनप्रतिदिन रेकर्ड ब्रेक गरेकाे छ ।

    पछिल्लाे २४ घण्टामा ९ हजार ७० संक्रमित थपिएका छन्। एकै दिन थपिएको यो संख्या हालसम्मकै उच्च हो। आज २१ हजार १ सय ४२ को परीक्षण गरिएको थियो। 

    जसमध्ये पिसिआर परीक्षण गर्दा ८ हजार ९७० जना र एन्टिजेन परीक्षणबाट १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    यस दिन काठमाडौं उपत्यकामा ३ हजार ९७२ जना संक्रमित थपिएका छन्। जसमा काठमाडौं जिल्लामा ३ हजार १६३, भक्तपुरमा २४२ र ललितपुरमा ५६७ जनामा संक्रमण देखिएको छ। 

    यो सहित हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ। यस दिन कोरोनाबाट ५४ जनाले ज्यान गुमाएका छन्। याेसँगै मृत्यु हुनेकाे संख्या ३५२९ पुगेको छ। 

    त्यस्तै २ हजार ७०७ जना निकाे भएका छन्। याेसँगै निको हुनेको दर ७९‍ दशमलव ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म २ लाख ९२ हजार ४९० जना कोरोनाबाट निकाे भएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार