Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विराटनगरमा थप सात जना संक्रमितको मृत्यु


    बिहिबार, बैशाख २३ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट विराटनगरमा बुधबार राति र बिहीबार गरी सात जनाको मृत्यु भएको छ ।

    कोसी अस्पतालमा विराटनगर महानगरपालिका–१० का ५७ वर्षीय पुरुष, मोरङको जहदा गाउँपालिका–५ का २५ वर्षीय युवक, सुनसरीको कोसी गाउँपालिका–४ का ६५ वर्षीय पुरुष र विराटनगर महानगरपालिका–१३ का ५० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो ।

    विराटनगरको नोबेल शिक्षण अस्पतालमा पनि कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना महिला र एकजना वृद्ध पुरुष छन् ।

    पाठेघरमा देखिएको समस्याका कारण अत्याधिक रक्तश्राव हुँदा विराटनगर–५ को चाखालकी ३७ वर्षीया महिलाको बुधबार राति मृत्यु भएको हो । 

    नोबेलमै उपचारका लागि भर्ना गरिएका विराटनगर महानगरपालिका–१९ का ६४ वर्षीय पुरुषको पनि बुधबार राति मृत्यु भएको हो । 

    विराटनगरकै न्युरो अस्पतालमा मोरङको रंगेली नगरपालिका–३ का २६ वर्षीय युवकको मृत्यु भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार