Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्वासको मत लिने दिन नजिकिदै गर्दा ओलीकाे दाैडधुप, कहिले राष्ट्रपतिसँगको भेट, कहिले मन्त्रिपरिषद् बैठक


    बिहिबार, बैशाख २३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विश्वासको मत लिने दिन नजिकिदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीकाे अहिले दाैडधुप चलेकाे छ ।

    बुधबार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरेर बिस्वासको मत दिन आग्रह गरेका नेकपा एमालेका अध्यक्ष ओलीले आज बिहान स्थायी कमिटीको बैठक डाकेका थिए।

    स्थायी कमिटीको बैठक सकेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

    साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ । स्रोतका अनुसार मन्त्रिपरिषद बैठकको एजेन्डाबारे जानकारी गराइएको छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार