Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाँकेमा कोरोनाको महामारी : थप ११ जना कोरोना संक्रमितको मृत्यु


    बिहिबार, बैशाख २३ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बाँके । बाँकेमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

    पछिल्लो २४ घन्टामा बाँकेमा उपचाररत् ११ जना र काठमाडौंबाट ल्याउँदै गर्दा बाटोमा थप एक जना गरी १२ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।  

    मृत्यु हुनेमा १० जना बाँकेका तथा एक/एक जना दाङ र जाजरकोटका छन्। 

    काठमाडौंबाट ल्याउँदै गर्दा कोलहपुर नगरपालिका- १ की ७३ वर्षीया महिलाको बिहान ५ बजेतिर बाटोमै मृत्यु भएको छ।

    त्यसअघि दाङको शान्तिनगर गाउँपालिका वडा नं. ६ का ७५ वर्षीय संक्रमित महिलाको बुधबार राति सवा ९ बजे नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको थियो। उनलाई २२ गते मात्रै संक्रमण पुष्टि भएको थियो। 

    त्यस्तै, बाँके नरैनापुर गाउँपालिका-१ का ५६ वर्षीय पुरूषको भेरी अस्पतालमा बिहीबार बिहान ७ बजे, कोहलपुर नगरपालिका ५ का ३४ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बुधबार राति ९:४० बजे, नेपालगञ्ज १९ का ७७ वर्षीय पुरूषको भेरी अस्पतालमा बिहान साढे ४ बजे, नेपालगञ्ज १० का ७८ वर्षीय पुरुषको बिहान १: ४० बजे भेरी अस्पतालमा, नेपालगञ्ज ४ का ५५ वर्षीय पुरुषको भेरी अस्पतालमा बिहान साढे १२ बजे, नेपालगञ्ज १० का २७ वर्षीय पुरुषको भेरी अस्पतालमा बुधबार राति १०:२२ मा मृत्यु भएको फोकल पर्सन वलीले जानकारी दिए। 

    त्यस्तै, बाँकेको नेपालगञ्ज १ का ५८ वर्षीय पुरुषको बुधबार १० बजे राति भेरी अस्पतालमा, नेपालगञ्ज १० की ७८ वर्षीया महिलाको बुधबार बेलुका साढे ७ बजे, नेपालगञ्ज १२ का ४५ वर्षीय पुरुषको बुधबार बेलुका सवा ८ बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो। 

    त्यस्तै, जाजरकोटको भेरी नगरपालिककी ४३ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा बुधबार राति ९ बजे मृत्यु भएको छ।

    उनको पिसिआर वैशाख १९ गते जाजरकोटमै गरिएको थियो भने भेरी अस्पतालमा वैशाख २२ गते भर्ना गरिएको थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार