काठमाडौं । एकपछि अर्को श्रोता रुचिको गीतसंगीत पस्कदै आइरहनु भएका संगीतकार ओम प्रकाश राईले कोराना कहरका कारण घरमा बसेर निराश बनिरहनु भएका आफ्ना श्रोता, दर्शकहरुलाई मनोरञ्जन गराउन आधुनिक गीतको भिडियो सार्वजनिक गर्नुभएको छ ।
ओसियन म्युजिक प्रालिको प्रस्तुति ‘सिरानी लाएँ हात फेरी फेरी….’ बोलको गीतको भिडियो संगीतकार राईको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । सन्चमान राईको शब्द, ओमप्रकाश राईको संगीतमा प्रविण बेडवालको मिठो स्वर श्रवण गर्न सकिन्छ ।
आरडी थापाको एरेञ्ज, ज्ञानु राईको छायाँकन तथा निर्देशन रहेको भिडियोमा निराज प्रधान र सुप्रिया श्रेष्ठको अभिनय रहेको छ । भिडियोको एक महिनाभित्र कर्भरसंङ्घ बनाएरमा पठाउन सकिने छ र प्राप्त भिडियोहरुमध्येबाट तीन महिनाभित्र जसको भिडियो लाईक, शेयर बढी हुन्छ पहिलोलाई ३० हजार, दोस्रोलाई १५ हजार, तेश्रोलाई १० हजार पुरस्कार प्रदान गरिने छ ।