Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनमा कोरोना संक्रमित युवकले गरे झुण्डिएर आत्महत्या


    बिहिबार, बैशाख २३ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । जिल्लाको माडीमा एकजना कोरोना संक्रमित युवकले गोठमा झुण्डिएर आत्महत्या गरेका छन् ।

    माडी नगरपालिका वडा नं। ३ बगैचा टोलनिवासी३५ वर्षीय ती युवकले गएराति घर पछाडिको गोठमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक पौडेलले जानकारी दिए। 

    केही दिनअघि भारतमा भान्जीको बिहेमा गएर आएका ती युवकलाई कोरोना संक्रमण पुष्टि भएपछि उनलाई गोठमा आइसोलेनसमा राखिएको थियो ।

    उनलाई झाडापखलासमेत भएको बताइएको छ। 

    उनको दाहसंस्कारको तयारी भइरहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार