Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेमा शिवाकोटी परिवारको हालीमुहाली, ओलीलाई मामा भन्दै पटक पटक नियुक्ति खाँदै


    बुधबार, बैशाख २२ २०७८
    2.7K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टीमा कुनै योगदान नभएकाहरुलाई टपक्क टिपेर नियुक्ति दिने गरेका छन् । जीवन नै कम्युनिष्ट राजनीतिमा समर्पित गरेका र लाभ नलिएका घनेन्द्र बस्नेत, नरेश खरेलहरु भन्दा ओलीका लागि मोति दुगड, महेश बस्नेतहरु प्रिय भएका छन् । ओली राजमा उनको चाकरी चाप्लुसी गर्नेहरु जतिसुकै बदनाम किन नहुन् उनीहरुले पटक पटक नियुक्ति पाउने गरेका छन् ।

    ओलीराजमा उनलाई मामाको साइनो लाउँदै बैध अवैध अनेक तरहले करोड होइन, अरबौं सम्पत्ति थुपार्न सफल दोलखाका बालकृष्ण शिवाकोटी हुन् । उनले ओलीलाई मामाको साइनो लाउँदै आफ्नो दुनो सोझ्याउने गरेका छन् ।

    केपी ओलीले प्रधानमन्त्री हुनासाथ सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग शिवाकोटीहरुलाई जोगाउने र आफ्ना बिरोधीहरुलाई दुःख दिन ल्याएका हुन् भन्ने कुरा त समयक्रमले पुष्टि गर्दै गएको छ । बालकृष्ण शिवाकोटीको सम्पत्तिको स्रोतका बारेमा छानबिन गर्ने हो भने शारदाप्रसाद अधिकारी, अजयराज सुमार्गीको भन्दा बढी अचम्मित हुनेछ सम्पत्ति शुद्धिकरण विभाग । तर ओली राजमा उनको सम्पत्ति कसले छानबिन गर्ने ? अकूत सम्पत्तिको पाटो भन्दा पनि अहिले भने ओलीलाई मामाको साइनो लाउँदै बालकृष्ण शिवाकोटीले कसरी आफनो परिवारका सदस्यलाई पटक पटक नियुुक्ति दिलाउन सफल हुँदैआएका छन् भन्नेतिर जाऔं ।

    पशुपति भिजनः मदन भण्डारी प्रतिष्ठानको कार्यालय यही घरमा छ । pashupati vijan.jpg

    पशुपति भिजनः मदन भण्डारी प्रतिष्ठानको कार्यालय यही घरमा छ  

    शिवाकोटीले केही दिनअघि भाइ रमेश शिवाकोटीलाई पशुपति विकास कोष संचालक परिषदको सदस्यमा नियुक्ति गराएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री ओलीकै निर्देशनमा उनलाई नियुक्त गरेका हुन् । शिवाकोटी यसअघि पनि कोषकै सदस्य थिए । उनको कार्यकाल सकिएको एक बर्ष पनि भएको छैन ।

    रमेश शिवाकोटीलाई पशुपतिमा निरन्तरता दिन उनका दाजु बालकृष्ण पूर्व पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि प्रधानमन्त्री केपी ओलीमार्फत दिनुसम्म दबाब दिएका थिए । तर भट्टराईले उनलाई नियुक्ति गरेनन् । पशुपति विकास कोष अन्तर्गतको पूर्वाधार निर्माण र सुनको जलहरी राख्ने कार्यक्रममा हुने चलखेललाई ध्यानमा राखी बालकृष्ण शिवाकोटीले रमेशलाई सदस्य बनाउन सफल भएका छन् । पशुपति विकास कोषमा हुने ठेक्कादेखि धेरै कुरामा बालकृष्णको रुची गहिरो रहेको स्रोत बताउँछ ।

     पशुपति विकास कोषको जग्गा र आयव्ययको अपारदर्शिताबारे बारम्बार प्रश्न उठिरहेको छ । कोषका सदस्य धु्रव उप्रेतीको कार्यकाल ३ महिना बाँकी हुँदै उनलाई राजीनामा गराएर शिवाकोटीलाई नियुक्ति गरिएको छ । आवरणमा रमेश भए पनि पर्दा पछाडि पशुपति विकास कोषको हरेक निर्णयमा बालकृष्ण शिवाकोटीले प्रभाव पार्ने श्रोत बताउँछ ।

    बालकृष्ण शिवाकोटीले मदन भण्डारी फाउन्डेशनको कार्यालय आफ्नै पशुपति भिजन नामक भवनमा राख्न दिएका छन् । मदन भण्डारीजस्ता लोकप्रिय नेताको नाममा स्थापित संस्था एक विवादित ब्यक्तिको घरमा राखिएकोमा नै धेरै प्रश्न उठेका छन् । तर बोल्ने साहस कसैले गर्न सक्ने स्थिति ओलीराजमा छैन । ०६० को दशकमा अवैधानिक रक्तचन्दन कारोबारबाट अकूत सम्पत्ति कमाउनेमध्येमा शिवाकोटीको नाम पनि आउँछ ।

      बालकृष्णले प्रधानमन्त्री ओलीलाई मामाको साइनो लगाएर धाक लगाउँदै हिंड्छन् । मामाको साइनो लगाउँदै धेरै सेटिङका काम गर्ने र दाजुभाइले नै निरन्तर नियुक्ति खाँदै आएका छन् । बालकृष्ण शिवाकोटी लगानी बोर्डमा २ कार्यकाल सदस्य भइसकेका छन् । अहिले उनी दोस्रो पटक लगानीबोर्डका सदस्यका रुपमा कार्यरत छन् ।

     भाइ रमेशलाई पनि उनले पहिलो कार्यकाल सकेपछि दोस्रो कार्यकालका लागि नियुक्ति गराएका छन् । उनले श्रीमतीलाई पनि कतै नियुक्तिका लागि पहल गरिराखेको श्रोत बताउँछ । विनाविभागीय उपप्रधानमन्त्री इश्वर पोखरेलले सम्धी डा. उपेन्द्र कोइरालालाई सात पटक नियुक्ति गरेजस्तै प्रधानमन्त्री ओलीले शिवाकोटीका परिवारलाई पटक पटक नियुक्ति गरी एमालेका त्यसका लागि अरु कोही नै नभएजस्तो गर्दैआएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार