नेपालगञ्ज । लर्ड बुद्ध एजुकेसन एकेडेमी लिमिटेड नेपालगञ्ज मेडिकल कलेजले अक्सिजन अभावका कारण अब थप बिरामी भर्ना गर्न नसक्ने बताएको छ।
कोरोना संक्रमण तीव्र रुपमा बढ्दा अक्सिजनको चरम अभाव भएकाले थप बिरामी भर्ना गरी उपचार गर्न नसकिने अस्पतालले जनाएको छ ।
नेपाल मेडिकल कलेजले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालका सम्पूर्ण अन्य सेवा बन्द गरेकाे जानकारी दिएकाे छ ।
३ सय शय्यासम्मको कोभिड अस्पताल तयार गरिएको भएपनि अक्सिजनको अभावमा १३५ शय्या मात्रै सञ्चालनमा ल्याउन सकेको अस्पताल स्राेतले जनाएको छ ।
यसअघि भारतबाट आउने गरेको अक्सिजन ट्यांक र अक्सिजन सिलिण्डर आउन नसकेको हुँदा थप बिरामीको भर्ना तथा उपचार गर्न असमर्थ रहेको कलेज प्रशासनले जानकारी दिएको हो।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकासमेत कोरोना संक्रमित बिरामीको चाप हुने भएकाले कोरोनाका लागि हरेक पाँच दिनमा एउटा लिक्विड ट्याङ्क वा दैनिक आठ सय अक्सिजन सिलिन्डरको आवश्यकता पर्ने अस्पतालले बताएको छ ।