Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पछिल्लाे १८ घण्टामा कोरोनबाट चितवनमा आठ जनाको मृत्यु


    बुधबार, बैशाख २२ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । चितवनमा १८ घण्टामा आठजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

    चितवन मेडिकल कलेजमा चार र भरतपुर अस्पतालमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने अधिकांश ५० वर्ष मुनिका रहेका छन् ।

    स्राेतका हनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिकाका ४२ वर्षीय पुरुष, रुपन्देहीकै शुद्धोधन नगरपालिकाका ४२ वर्षीय पुरुष, नवलपपरासीको गैँडाकोट नगरपालिकाका ५८ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा नगरपालिकाका ५८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

    मृत्यु भएकाहरुमा कोभिडबाहेक अन्य जटिल समस्या नरहेको अधिकारीले जानकारी दिए ।

    यस्तै भरतपुर अस्पतालका मेडिकल रेकर्डर नारायण रिजालका अनुसार भरतपुर–४ का ६२ वर्षीय पुरुष र बुटवलका ४० वर्षीय पुरुषको मङ्गलबार दिउँसो, साँझ मकवानपुरको हेटौँडा नगरपालिकाका ४३ वर्षीय पुरुषको र आज बिहान भरतपुर महानगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार